बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डद्वारा पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन

बिहीबार, २१ पुस २०७९, १४ : २६
बिहीबार, २१ पुस २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहिबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप