वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणाममुखी पहल गर्छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन् । शनिबार बिहान प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा बधाई तथा ज्ञापन पत्र दिन आएका वादी समुदायका अगुवाहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रीपरिषदबाट निर्णय गरेको स्मरण गराउँदै उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या हल गर्ने बताए ।
“म पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यवस्थित पुनस्र्थापनाका लागि निर्णय गरेको स्मरण छ । इतिहासमैं पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पौष २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनु पर्छ ।” उनले भने, “ वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं ।”
वादी समुदायका प्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डलाई कार्यकाल सफलताको शुभकामना दिँदै वादी समुदायले भोग्नुपरेका शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनर्स्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री प्रचण्डले नै वादी समुदायका पक्षमा पहिलोपटक प्रधानमन्त्री हुँदा राजनीतिकरुपमा सम्बोधन गरेकोमा धन्यवाद दिँदै उनीहरुले अहिलेको कार्यकालमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण