पत्रकार आचार्यलाई धम्की दिएकोमा प्रेस चौतारीको आपत्ति
काठमाडौँ । समाचार लेखेकै आधारमा पत्रकारलाई धम्की दिएकोमा प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । केन्द्रीय सदस्य एवं कैलालीमा बसेर खोज पत्रकारितामा सक्रिय गोरखापत्रका संवाददाता चाँदनी आचार्यलाई मिटरव्याज सम्बन्धी समाचार प्रकाशित गरेको विषयलाई लिएर बारम्बर धम्की दिने, मानसिक दबाब दिने, प्रशासनिक हैरानी दिनेजस्ता कार्य भएकोमा गम्भीर ध्यानाकर्षण भएको संगठनले जनाएको हो ।
महासचिवहिरामान लामालेसमाचार प्रकाशित गरेकै विषयलाई लिएर बारम्बार धम्की दिइरहनु, मानसिक यातना तथा प्रशासनिक हैरानी दिनु अत्यन्तै दुखद र गम्भीर विषय भएको बताएका छन् । उनले भनेका छन्, ’प्रेस स्वतन्त्रता, मानव अधिकार र सूचनाको नागरिक अधिकार विरोधी यस्ता गतिविधि कुनै पनि मानेमा सैह्य हुन सक्दैन । आफ्ना पालितपोषित व्यक्तिमार्फत् गालीगलौज, आक्रमण र प्रशासनसँगको मिलेमतोमा झुटा मुद्दा लगाउने जस्ता कार्यको प्रेस चौतारी नेपाल घोर भर्त्सना र निन्दा गर्दछ ।’
खोज पत्रकारिता केन्द्रले गत फागुनमा प्रकाशित गरेको 'ब्याजको बोझले सिध्याएको गाउँ' शीर्षकको पीडितसँग कुराकानी गरेर तयार पारिएको सामग्रीलाई लिएर पत्रकार आचार्यलाई मिटर ब्याजी समूहले मानसिक तनाव र प्रशासनिक हैरानी दिइरहेका छन् । घटनामा सलग्न व्यक्तिलाई तत्काल कारवाही गर्न र यस विषयलाई गम्भीरतापूर्वक लिन सरकार र प्रहरी प्रशासनलाई लामालेध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण