बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
मुलुककै ठूलो बैंक बन्यो ग्लोबल आईएमई

मुलुककै ठूलो बैंक बन्यो ग्लोबल आईएमई

सोमबार, २५ पुस २०७९

काठमाडौँ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आजदेखि शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीमा आयोजित एक कार्यकर्मबीच एकीकृत कारोबार शुभारम्भ समारोहलाई उद्घाटन गरेका हुन् । दुई बैंक मर्ज गरेपछि ग्लोबल आइएमई बैंक मुलुककै ठूलो बैंक समेत बनेको हो ।

यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार गर्न लागेको हो । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डुको १ सय कित्ता सेयर भएका शेयरधनीले मर्जरपछि ग्लोबल आइएमई बैंकको १ सय कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पुँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब भन्दा बढी र कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढी पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । 

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढी ग्राहकहरू रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया