शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यो ‘स्टेवल र इफेक्टिभ’ सरकार हो : अध्यक्ष ओली

सोमबार, २५ पुस २०७९, १७ : ४७
सोमबार, २५ पुस २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार ‘स्टेवल र इफेक्टिभ’सरकारका रुपमा चल्ने बताएका छन् । सोमबार सरकारका नीतिगत कार्यक्रमको मस्यौंदा प्रधानमन्त्रीलाई हस्तान्तरणपछि धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यो सरकार ढल्ल्छ कि भनेर नसोच्न आग्रह गरे ।  ‘यो सरकार ढाल्छ कि खेल हुन्छ कि भनेर नसोच्नुहोला । धेरै खेलाडी रिङ बाहिर छन् । सरकार बनाएको स्थायित्वका लागि हो । इपेक्टिभ सरकारका रुपमा अघि बढ्छ’, ओलीको भनाइ छ । उनले अहिले सरकारलाई १८५ जति सांसदको समर्थन रहेको भन्दै भोलिसम्म अझै थपिन सक्ने बताए ।   

अध्यक्ष ओलीले सरकारको न्युनतम नीतिगत प्राथमिकता र कार्यक्रमिक अवधारणा अत्यन्तै महत्वपूर्ण र सामयिक रहेको भन्दै यो कार्यक्रम प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै कार्यान्वयनमा जाने बताए ।  ‘यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनेछ । सत्ता साझेदार दलको हैसियतले म आफू पनि विश्वस्त छु कि यो नीतिगत कार्यक्रमिक अवधारणा सरकारले पारित गर्नेछ । र यसलाई सरकारले गाइडलाइन बनाएर तत्कालै कार्यन्वयन पनि हुनेछ’,ओलीले भने, ‘भोलि प्रधानमन्त्रीले विश्वासको मत लिनेवित्तिकै मन्त्रिपरिषद पूर्णता दिने कुरालाई तीव्रता दिनेछ । भोलि विस्वासको मत लिइसकेपछि यो कार्यन्वयनमा जानेछ ।’ओलीले अहिलेको सरकार विभिन्न दर्शन, विचार सिद्धान्त नीतिको मिलिजुली सरकार भएको पनि बताए । उनले संयुक्त सरकार भएपनि राष्ट्रिय हित, सुशासन, जनताका समस्या सम्बोधन गर्ने पक्षमा, देशलाई विकासको बाटोमा र छिमेक नीति लगायतमा दलहरु एक ठाउँमा छौ भन्ने दलहरुको एकताले देखाएको बताए । 

उनले सरकारको टीम केही गर्नका लागि आएको भन्दै यो टिम देश र जनताका लागि केही गर्न उत्सुक र प्रतिवद्ध पनि रहेको बताए । ‘अहिले यो सरकार बन्नका लागि बनेको मात्रै होइन, अहिलेको जनादेश नै फरक हो । अहिलेको जनादेशमा केही नयाँ पार्टी र सांसदहरुको उदय भएको छ । हिजोको गठबन्धनले आफैमा सरकार बनाउन सक्ने स्थिति रहेन’, ओलीको भनाइ छ । वर्तमान सरकार नेपाली जनता र सार्वभौम संसदले बनाएको भन्दै यस्तो सरकारले जनताको हितबाहेक अन्य कुरा सोच्न नसक्ने ओलीको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप