बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिसो मौसममा नुहाउने बेला मानिसहरुले गर्छन् यस्ता गल्ती, बढिरहेको छ हृदयाघातको खतरा

बुधबार, २७ पुस २०७९, १६ : ४०
बुधबार, २७ पुस २०७९

चिसो महिनामा नुहाउनु कुनै चुनौतीभन्दा कम हुँदैन । तर नुहाउने तरिकाले हाम्रो मुटुको स्वास्थ्य निश्चित हुन्छ । कोही मानिस यस्ता हुन्छन् जो कठ्याङ्ग्रिदो चिसोमा पनि चिसै पानीले नुहाउने गर्छन् जुन खतरनाक हुनसक्छ । यस्तै केही मानिस चिसोमा धेरै नै तातो पानीले नुहाउँछन् र यो पनि मुटुका लागि खतरनाक हुनसक्छ । चिसोका कारण हाम्रो रक्तनली खुम्चिने गर्छ र रक्तचाप बढ्ने गर्छ । यसले हाम्रो मुटुमा अतिरिक्त दबाब पर्छ । यस्तोमा चिसो वा तातो पानीले नुहाउनु खतरनाक हुनसक्छ ।

मनतातो पानीले नुहाउनु सुरक्षित

स्वास्थ्य विज्ञका अनुसार मनतातो पानीले हाम्रो शरीरलाई अचानक झट्का दिँदैन र यसले शरीरको तापक्रम यथावत् राख्छ । त्यसैले चिसो मौसममा यो सुरक्षित छ ।

चिसो मौसममा चिसै पानीले नुहाउँदा बढ्न सक्छ हृदयाघातको खतरा

चिसो मौसममा जब हामी चिसो पानीको सम्पर्कमा आउँछौँ तब पूरा शरीर काम्छ । भारतको मोहालीस्थित फोर्टिस अस्पतालका कार्डियोलोजिस्ट डा. करुण बहल भन्छन्, ‘हामी चिसो पानीको सम्पर्कमा आउँदा हाम्रो शरीरले यस्तो प्रतिक्रिया दिन्छ जस्तो कि कुनै आपत्कालीन स्थिति निम्तिएको छ । रक्त सञ्चार तेज हुन्छ र हाम्रो मुटु पनि अन्य अंगको सुरक्षाका लागि तीब्र गतिमा रगतलाई पम्प गर्न थाल्छ । यस्तो आपतकालीन समयमा मुटुको छाला नजिकै रक्त सञ्चार रोकिदिने गर्छ जसका कारण हामी हामी काम्ने गर्र्छौँ । र जब हामी काम्छौँ तब यसले मुटुमा थप दबाब पार्छ ।’

यस्तै, थुप्रै शोधमा चिसो मौसममा चिसो पानीले नुहाउँदा मेटाबोलिजम, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । यो कुरालाई ध्यानमा राखेर थुप्रै फिटनेस फ्रिक मानिस चिसो मौसममा पनि चिसै पानीले नुहाउँछन् तर उनीहरुले गल्ती गरिरहेका छन् भनेर बिर्सन्छन् ।

डा. बहल भन्छन्, ‘जब तपाईं चिसो पानीले नुहाउनु हुन्छ तब तपाईंको मुटुमा अतिरिक्त तनाव पर्छ । यसले हाम्रो मुटुको धड्कन अनियमित हुन्छन् र हामीलाई हृदयाघातसमेत हुनसक्छ  ।’

यसै गरी चिसो मौसममा अचानक तातो पानीले नुहाउँदा रक्तचाप तीब्र रुपमा घट्न सक्छ । यसले हृदयाघातमा तनाव बढ्ने गर्छ । त्यसैले चिसो मौसममा नुहाउनका लागि मनतातो पानी प्रयोग गर्नुपर्छ । नुहाउँदा सुरुमा आफ्नो खुट्टा धुनुहोस् र नुहाउने बित्तिकै शरीरलाई रुमालले बेर्नुहोस् ।

चिसो मौसममा हृदयाघातको खतरालाई कम गर्न के गर्ने ?

डा. बहल भन्छन्, ‘चिसो मौसममा हृदयाघातको खतरालाई कम गर्नका लागि हल्का खाना खानुहोस् । पर्याप्त ऊनीको कपडा लगाउनुहोस् । व्यायाम गर्नुहोस् र यदि कुनै प्रकारको रोग छ भने नियमित औषधी लिनुहोस् । कहिले काँही यस्तो मौसममा उच्च रक्तचापका बिरामीलाई औषधीको बढी डोज आवश्यक हुन्छ । त्यसैले मुटु रोग विशेषज्ञसँग नियमित सल्लाह लिनुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप