धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक
बिहीबार, २८ पुस २०७९, १६ : ३०
काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार दिउँसो २ बजेदेखि पदाधिकारी बैठक चलिरहेको छ ।
सभापति देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सभामुखको उम्मेदवारका सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ । सभापतिले विश्वासको मत दिएदेखि नै सभामुखबारे कसरी अगाडि जाने भन्नेमा छलफल गरिरेको बुझिएको छ ।
कांग्रेसमा पूर्व उपसभापति विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की मध्ये एक जनालाई सभामुखको उम्मेदवार बनाउने तयारी भइरहेको कांग्रेस स्रोत बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागर ढकालले एकै ओभरमा लिए वेस्ट इन्डिजको दुई विकेट
-
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
-
सागर ढकालले लिए वेस्ट इन्डिजको पहिलो विकेट
-
बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने
-
फर्जी लाइसेन्स प्रकरण : सञ्चार मन्त्रालयका आइटी अधिकृत पक्राउ
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ