इन्फिनिटीले २० प्रतिशत बोनस सेयर वितरण गर्ने
सोमबार, ०२ माघ २०७९, १७ : ०८
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई उक्त बोनस सेयर वितरण गर्ने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड २९ लाख २ हजार रुपैयाँको बोनस सेयर वितरण गर्ने छ । कम्पनीले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेकाले आयकर ऐन २०५८ बमोजिम बोनस सेयर वितरण गर्दा कर छुट हुने छ ।
यहीकारण, कम्पनीले कर चुक्ताका लागि नगद लाभांस वितरण नगर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे
-
म्याथ्यू हेडेन भन्छन्- ‘आईपीएलमा धोनीले खेलाडीको भूमिकामा अन्तिम खेल खेले’
-
सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सडकदेखि सदनसम्म मोर्चाबन्दी गरिने
-
सुर्खेतको कटकुवामा मिनिबस दुर्घटना : दुई जनाको मृत्यु
-
२४ सै घण्टा मोबाइल चलाउनु हुन्छ ? यस्ता हुन सक्छन् साइड इफेक्ट