बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित

मङ्गलबार, ०३ माघ २०७९, १५ : २४
मङ्गलबार, ०३ माघ २०७९

दाङ । लुम्बिनी प्रदेशको सभामुुखमा नेकपा माओवादी केन्द्रका तुुलाराम घर्ती र उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएका छन् । 

सभामुख घर्ती सोमबार नै निविरोध भएका थिए भने उपसभामुखमा नेपाली कांग्रेस र नागरिक उन्मुुक्ति पार्टीले उम्मेदवारी दिएका थिए ।

उपसभामुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीले सत्ता गठबन्धनका उम्मेदवार खाँणलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै उपसभामुखमा खाँण निर्विरोध निर्वाचित भएकी हुन् ।

पाठक र चौधरीले मंगलावार दिउँसो प्रदेश सरकारलाई औपचारिक रुपमा पत्राचार गरी आफ्नो नाम उम्मेदवारको सूचीबाट हटाएका थिए ।

सहकार्यका लागि उम्मेदवारी फिर्ता : कांग्रेस

सरकारसँग सहकार्यका लागि नेपाली कांग्रेसले आफ्नो उम्मेदवारी फिर्ता लिएको प्रस्ट पारेको छ । सरकार बाहिर रहेको पहिलो ठूलो दल नेपाली कांग्रेसले प्रदेशको समग्रका विकास लागि सरकारसँगै सहकार्य गर्ने गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता तथा प्रदेशसभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले रातोपाटीलाई बताए । उनले भने, ‘सरकारसँगै सहकार्य गर्न कांग्रेसले उम्मेदवारी फिर्ता लिएको हो । यो हाम्रो पुुरानो माया प्रेम पनि हो ।’

हामीसँग सरसल्लाह नहुुँदा उम्मेदवारी दिएका थियौं : नागरिक उन्मुक्ति पार्टी

लुम्बिनी प्रदेश सरकारमा अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन सरकार बनेको छ । आफूसँग सरसल्लाह नगरी उम्मेदवार छनौट गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले उपसभामुख पदमा आफ्नो उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टीका सासद राजकुुमार चौधरीले बताए । उनले भने, ‘सत्ता गठबन्धन दलहरुको ध्यानाकर्षण गराउने गरी हामीले उम्मेदवारी दिएका हौं । तर दलहरुको आपसी छलफलपछि उम्मेदवारी फिर्ता लिएका छौं ।’

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप