आफूलाई टोकको बदला लिन जसले सर्पको टाउको टोकेर खाए
लखनउ । भारतको उत्तर प्रदेशस्थित हारडोईमा एउटा अनौठो घटना घटेको छ । एउटा व्यक्तिले सर्पको टाउको टोकेर चुँडालिदिएका छन् ।
त्यसपछि उनले टाउको चपाएर फलिदिए ।
सोनेलालका अनुसार उक्त सर्पले आफूलाई टोकेको कारण बदला लिन त्यस्तो गरेका हुन् ।
घटनापछि उनी बेहोस भएका थिए । उनलाई तुरुन्तै नजिकैको स्वास्थ्य चौकीमा लगिएको थियो । तर, त्यहाँ भने डाक्टरले उनको शरीरमा सर्पले टोकेको कुनै दाग भेट्न सकेनन् ।
शुक्लापुर भागर गाउँबाट एम्बुलेन्स सेवालाई एक किसान बेहोस बनेको खबर प्राप्त भएको थियो । सोनेलालाई साँझ सात बजे अस्पताल पुर्याइएको थियो जहाँ उनलाई डा. महेन्द्र वर्मा तथा फार्मासिस्ट हितेस कुमारले जाँच गरेका थिए ।
‘सोनेलालका छिमेकी राम सेवक र राम स्वरुपले उनलाई सर्पले टोकेको बताएपछि हामीले उनको शरीरमा टोकेको दाग खोज्यौँ तर फेला पार्न सकेनौँ,’ हितेशले भने ।
उनले थपे, ‘उनका भतिजले भने घटनाको बेला सोनेलाला एक्लै भएको र उनले आफूलाई पनि सर्पले टोकेको बताए । हामीले तुरुन्तै औषधि दिएर उनको उपचार शुरु गर्यौँ ।’
डाक्टरका अनुसार सर्पले उनलाई टोकेकै थिएन । बरु, सर्पको टाउको चपाउँदा विषका कारण बेहोस भएको हुनसक्ने डाक्टरको अनुमान छ ।
स्थानीयका अनुसार सोनेलाल लागुऔषध दूर्व्यसनी थिए ।
यसबारे समचार फैलिएपछि मानिसहरु स्वास्थ्य चौकीमा जम्मा भएका थिए । स्थानीय व्यापारी मुकेश गुप्ता भन्छन्, ‘मैले त समाचार पत्याउन सकिँन । कसैले कसरी सर्पको टाउको टोक्न सक्छ । जब सोनेलाल र सर्पको तस्विर देखेपछि म अचम्मित भएँ ।’
राज्यको मस्तिष्क स्वास्थ्य समाजका सेक्रेटरी डा. एससी तिवारीका अनुसार सोनेलालको व्यवहार सामान्य नभएको बताए । ‘यस्तो गर्ने मानिस कि त आक्रामाक या विक्षिप्त हुनुपर्छ,’ तिवारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमप्रतिको नकारात्मक दृष्टिकोणले देश सधैँ गरिब रह्यो : अध्यक्ष राई
-
तीन पूर्वअध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार
-
कर्णालीका स्थानीय तहलाई प्रदेश सरकारको अनुदान वितरणमा स्वेच्छाचारिता
-
१० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि, ३३ विद्यालयका ४८ टोली भिड्ने
-
६ वटा मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक (निर्णयसहित)
-
काठमाडौँका दुई छुट्टाछुट्टै स्थानबाट लाखौँ मूल्यको धनमाल चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण