शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ

शुक्रबार, ०५ असार २०८३, ०१ : १९
शुक्रबार, ०५ असार २०८३

सारांश

  • नेपालगन्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना पक्राउ परेका छन्।
  • लाइसेन्स बनाउन मेडिकल रिपोर्टका लागि घुस लिई प्रमाणपत्र वितरण गरेको आरोप छ।
  • प्रहरीले अनुसन्धान जारी राखेको र बिचौलियाको नाम गोप्य राखेको जनाएको छ।

बाँके । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा रु २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखिएको उल्लेख गर्दै उनीहरूले नियम उल्लङ्घन गरेको बताए । प्रहरीले रु २०० लिएर सो निरोगिताको प्रमाणपत्र वितरण भएको सूचना पाएपछि जिल्लाबाट प्रहरी टोली परिचालन गरी निगरानी र अवलोकन गर्ने क्रममा कैफियत भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप