आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

पाथीभरा विवादबारे छानबिन समिति गठन

शुक्रबार, ०५ असार २०८३, १२ : २१
शुक्रबार, ०५ असार २०८३

काठमाडौँ । सरकारले ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिर जाने कालिन्चोक केबलकार निर्माणका सन्दर्भमा आएको विवादबारे छानबिन समिति गठन गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको असार ४ गतेको सचिवस्तरीय निर्णयअनुसार प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्व राईको नेतृत्वमा सात सदस्यीय अध्ययन तथा छानबिन समिति गठन भएको हो । 

प्रधानमन्त्रीको कार्यालय स्रोतका अनुसार समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने अख्तियारी दिइएको छ ।

समितिमा पूर्वाधार विकास कार्यालयका सीडी, केवलकार प्रतिनिधि, प्रधानमन्त्री कार्यालयका उपसचिव, गृह मन्त्रालयका प्रतिनिधि र स्थानीयका तर्फबाट समेत प्रतिनिधि राखिएको छ । उक्त क्षेत्रमा केवलकार निर्माणका सन्दर्भमा केही स्थानीयले विरोध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप