बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
भ्रष्टाचार मुद्दा

यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद

बिहीबार, ०४ असार २०८३, १५ : १५
बिहीबार, ०४ असार २०८३

सारांश

  • अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको घरमा राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा बयान दिन म्याद तामेल गरेको छ ।
  • असार २ गते बुढानीलकण्ठस्थित देउवाको घरमा टाँसिएको म्याद अनुसार उनलाई ३ दिनभित्र आयोगको मुख्यालय टंगालमा उपस्थित हुन भनिएको छ ।
  • उनी हाल हङकङमा रहेको बुझिएको छ ।

काठमाडौँ । अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको घरमा म्याद तामेल गरेको छ । राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा बयान दिन उपस्थित हुन आयोगले उनलाई आग्रह गरेको हो ।

असार २ मा बुढानीलकण्ठस्थित देउवाको घरमा तामेल गरिएको म्याद पत्र अनुसार उनलाई ३ दिन भित्र आयोगको मुख्यालय टंगाल स्थित कोठा नम्बर १२ मा उपस्थित हुन भनिएको छ । म्याद पत्रमा भनिएको छ, ‘उपस्थित हुन नआए कानुन बमोजिम हुने छ ।’  

आरजु हाल हङकङमा छिन् ।

यस्तो छ म्यादपत्र-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप