जंगी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

काठमाडौँ । सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ । सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा शुक्रबारदेखि सुरु हुने उक्त प्रदर्शनीमा नेपाली सेनाको ऐतिहासिक विकासक्रम एवं वर्तमानका गतिविधिको झलक प्रस्तुत गरिने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
उक्त प्रदर्शनीमा फोटोसहित, हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अङ्ग, शान्ति मिसनमा नेपाली सेनाको सहभागितासम्बन्धीका गतिविधि समावेश हुने जनाइएको छ । यस्तै, सैनिक ब्याण्ड, विशेष फौज, एकीकरण पदमार्ग, घोडचडी, सैनिक पोसाक र उपकरण, तथा निकुञ्ज सुरक्षासम्बन्धी पनि प्रदर्शनी गरिने जनाइएको छ । नेपाली सेनाले उक्त निःशुल्क प्रदर्शनीमा इच्छुक व्यक्तिलाई सहभागिताका लागि आग्रह गरेको छ । प्रदर्शनी माघ ६ गतेबाट ९ गते बिहान १० देखि साँझ ५ बजेसम्म हुने निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर