नेत्र चिकित्सक सन्दुक रुइतले पाए १३ करोडको ‘इसा अवार्ड’
काठमाडौँ । नेत्र चिकित्सक सन्दुक रुइतले विश्वमा प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको छन् । बुधवार पत्रकार सम्मेलन गरी डा.रुइतले बहराइजका पूर्वराजा सेख इसा बिन सलमान खालिफाको नाममा स्थापित ‘इसा अवार्ड’ प्राप्त गरेको जानकारी दिएका हुन् ।
मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्तिलाई यस संस्थाले हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्ने गर्छ ।‘विश्वमा दिइने विभिन्न किसिमका अवार्डमा केही न केही केही राजनीतिक वा के कुरासँग जोडिएको हुन्छ, उनले भने, यो अवार्ड निष्पक्ष प्रदान गरिएको अवार्ड हो ।’
अवार्डका रूपमा डाक्टर रुइतले १० लाख डलर अर्थात् नेपाली १३ करोड ८ लाख मूल्य बराबरको गोल्ड मेडल र प्रमाणपत्र पाउने छन् । यस अवार्डको नोमिनेसनमा १४५ जना व्यक्ति र संस्था परेका थिए । जसमध्ये ६ जना सर्टलिस्टमा परेको र त्यसमा आफू छनौटमा परेका पत्रकार सम्मेलन डा.रुइतले जानकारी दिए ।
पाएको अवार्डमा सर्वसाधारणहरूले खुसी व्यक्त गरेको भन्दै उनले यसलाई राज्यले कसरी लिन्छ त्यो भने हेर्न बाँकी रहेको बताए । उनले भने, ‘मलाई लाग्छ मैले पाएको अवार्ड सानो हो जस्तो लाग्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
-
उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा, बोरा किन्न नसक्दा उत्पादित सिमेन्ट गोदाममै थन्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण