‘रन फर प्रोटिन’ शनिबार हुने, ५ हजार धावक सहभागी रहने
बिहीबार, ०५ माघ २०७९, २० : २६
काठमाडौं । नेपाल भेटेरिनरी संघले आयोजना गर्ने ‘रन फर प्रोटिन’ दौड प्रतियोगितामा करिब पाँच हजार धावकको सहभागिता रहने भएको छ । आयोजकका अनुसार महिला र पुरुष खुल्ला हाफ म्याराथन आगामी शनिबार हुने भएको हो ।
प्रतियोगितामा प्लस टू छात्र ५ किमी र छात्रा ३ किमी, खुल्ला १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला, ह्वीलचियर पुरुष र महिला गरी ८ विधा समावेश गरिएको छ । यस्तै पुरुषतर्फ २९३, महिलातर्फ ४३, प्लस टू छात्रततर्फ ४१५ र छात्रातर्फ ३६५, १० किमिमा १६७५ र ५ किमिमा ४५७ जनाले नाम दर्ता गरिसकेको आयोजकले जानकारी दिएको छ ।
भेटेरिनरी संघका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । प्रतियोगितामा महिला र पुरुष खुला हाफ म्याराथनको विजेताले जनही १ लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण