सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘रन फर प्रोटिन’ शनिबार हुने, ५ हजार धावक सहभागी रहने

बिहीबार, ०५ माघ २०७९, २० : २६
बिहीबार, ०५ माघ २०७९

काठमाडौं । नेपाल भेटेरिनरी संघले आयोजना गर्ने  ‘रन फर प्रोटिन’ दौड प्रतियोगितामा करिब पाँच हजार धावकको सहभागिता रहने भएको छ । आयोजकका अनुसार महिला र पुरुष खुल्ला हाफ म्याराथन  आगामी शनिबार हुने भएको हो ।

प्रतियोगितामा प्लस टू छात्र ५ किमी र छात्रा ३ किमी, खुल्ला १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला, ह्वीलचियर पुरुष र महिला गरी ८ विधा समावेश गरिएको छ । यस्तै पुरुषतर्फ २९३, महिलातर्फ ४३, प्लस टू छात्रततर्फ ४१५ र छात्रातर्फ ३६५, १० किमिमा १६७५ र ५ किमिमा ४५७ जनाले नाम दर्ता गरिसकेको आयोजकले जानकारी दिएको छ ।

भेटेरिनरी संघका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । प्रतियोगितामा महिला र पुरुष खुला हाफ म्याराथनको विजेताले जनही १ लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार पाउनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप