आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

शुक्रबार, ०६ माघ २०७९, ११ : १६
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । उपसभामुखको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा विहान साढे १० बजेबाट बैठक चलिरहेको छ । 

कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट उपसभामुख उम्मेदवार उठाउने तयारी छ । उपसभामुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी खडा गर्न खोजेको छ । कांग्रेसबाट ईश्वरी न्यौपानले सभामुखमा उम्मेदवारी दिएकी छन् ।

उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा उम्मेदवारी दिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप