सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा आगो ताप्नेक्रममा जलेर तीन जना घाइते

शुक्रबार, ०६ माघ २०७९, १५ : ५२
शुक्रबार, ०६ माघ २०७९

रौतहट । रौतहटमा आगो ताप्ने क्रममा जलेर तीन जना घाइते भएका छन् । शुक्रबार विहीन आगो ताप्ने क्रममा जिल्लाको दुर्गा भगवती गाउँपालिकामा दुई आमाछोरी र आफन्त जेलेर घाइते भएका हुन् ।

सो गाउँपालिकाको मत्सरीका अजय दाशकी २० वर्षीय  श्रीमती रमिता दास, ४ महिने छोरी सन्ध्या दास र अजयका भाइ विजय दास रहेका छन् । घाइते तीन जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप