उपसभामुख राना पार्टीको जिम्मेवारीबाट अलग
सोमबार, ०९ माघ २०७९, ०८ : १७
काठमाडौँ । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पार्टीको राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि रानाले सो घोषणा गरेकी हुन् ।
उनले भनेकी छन्, ‘यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पूर्ण राजनीतिक तथा सांगठिनक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु ।’ राना गत माघ ७ गते प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण