एनसीसीसँग मर्जरमा गएको कुमारी बैंकको नाफा घट्यो
काठमाडौँ । कुमारी बैंकको नाफा घटेको छ । हालैमात्र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जरमा गएको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफाको अधिक प्रतिशत नोक्सान व्यवस्था (प्रोभिजन) गर्नुपर्दा नाफा घट्न पुगेको हो ।
बैंकले चालुआर्थिक वर्षको पुसमसान्तसम्म १ अर्ब ५० करोड ५३ लाख २४ हजार रुपैयाँ प्रोभिजन गरेको छ । अघिल्लो त्रैमासमा बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता मर्जरपछि कुमारीमा मिसिएको एनसीसी बैंकले पहिलो त्रैमासमा ५१ अर्ब ६८ करोड खुद नाफा कमाएकोमा दोस्रो त्रैमासमा खराब कर्जाको दर बढ्दा घाटामा रहेको देखाएको छ । जसले गर्दा कुमारीको नाफा प्रोभिजनमा जाँदा नाफामा संकुचन आएको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म कुमारी बैंकको खुद नाफा १ करोड ६ लाख रुपैयाँ बचेको छ ।
कुमारी बैंक र एनसीसी मर्जरपछि गत पुस १७ गतेदेखि एकीकृत कारोबारमा गएका थिए । मर्जरपछि कुमारी बैंकको कर्जा प्रवाह कुल २ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने निक्षेप परिचाललन २ अर्ब ९९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्तापूँजी २६ अर्ब २२ करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण