प्रतिनिधिसभाको नियमावली पारितपछि मात्रै संसदीय समिति गठन हुने
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेका विषयगत संसदीय समितिहरु गठनका लागि समय लाग्ने भएको छ । प्रतिनिधिसभाले नयाँ नियमावली बनाउन लागेकोले समिति र त्यसले गर्ने कामकाज सुरु हुन समय लाग्ने देखिएको हो । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौंदा समिति गठन गरेको छ । सो समितिलाई मस्यौँदा बनाउनका लागि १५ दिनको समय दिइएको छ । सो नियमावलीको मस्यौंदा आएर त्यसलाई सभाले पारित गरेपछि मात्रै संसदीय समिति बन्ने प्रक्रिया शुरु हुने संघीय संसदका प्रवक्ता एकराम गिरीले रातोपाटीलाई जानकारी दिए ।
संविधानले प्रतिनिधिसभाले आफ्नो नियमावली आफैँले निर्माण गर्न सक्नेछ भन्ने व्यवस्था अनुसार निर्वाचन पछि बनेको प्रतिनिधिसभाले नियमावली बनाउन लागेको हो । सोही नियमावली बनेपछि मात्रै संसदीय समिति निर्माण र काम कारवाही अघि बढ्ने छ । यसअघिको प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति र २ वटा राष्ट्रिय सभासँग मिलेर २ वटा संयुक्त समिति गरी १२ वटा समिति रहेका थिए । अबको संसदमा के कस्तो समिति बनाउने, त्यसको नाम, काम, कर्तव्य र अधिकार नयाँ नियमावलीमा तोकिएअनुसार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण