बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

बिहीबार, १२ माघ २०७९, ११ : ५४
बिहीबार, १२ माघ २०७९

न्युयोर्क । डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति दिइने मेटाले घोषणा गरेको छ । घोषणासँगै उनको अकाउन्टमा दुई वर्षको निलम्बन समाप्त हुनेछ । निलम्बन ‘आउँदो हप्ता’ समाप्त हुने  मेटाले जानकारी दिएको छ ।

एक विज्ञप्तिमा मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले भने कि  ‘राजनीतिज्ञहरूले के भनिरहेका छन् भन्ने सुन्न जनता सक्षम हुनुपर्दछ । ’

ट्रम्पको खाताले अब सार्वजनिक सुरक्षाको लागि गम्भीर जोखिम प्रतिनिधित्व नगर्ने एक समीक्षाले पत्ता लगाएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप