शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी र नेसपाबीच एकता छिट्टै हुन्छ : देवेन्द्र पौडेल

बिहीबार, १२ माघ २०७९, १६ : २७
बिहीबार, १२ माघ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाल समाजवादी पार्टीसँग एकता छिट्टै हुने बताएका छन् ।  स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पौडेलले पार्टीको नाम र चुनाव चिन्ह फाइनल भएलगतै एकता हुने बताए । 

‘नेसपासँगको एकता छिट्टै टुंगो लाग्छ । आजको बैठकमा एकता गर्ने विषयमा प्रस्ताव गरिएको छ । अब धेरै लामो समयसम्म लमब्याउनु हुँदैन भन्ने छ ’ पौडेलले भने, ‘हामीले धेरै कुरा अघि बढाई सकेका छौं । पार्टीको नाम र चुनाव चुनाव चिन्ह टुंगो लगाउन बाँकी छ छिट्टै एकता हुन्छ ।’

तर एकीकृत समाजवादीसँगको एकता अगाडि बढिनसकेको पौडेलले बताए । तर, विचार मिल्नेहरु एक ठाउँमा आउने विषयमा भने एक मत देखिएको पौडेलले बताए ।  ‘अब धेरै पार्टी बनाएर काम छैन । पार्टीहरु धेरै भए मन लागे खोल्ने भयो । पार्टीको उद्देश्य छैन बार्गेनिङ गर्न छुट्टै पार्टी बनाउनुको औचित्य छैन । छुट्टै पार्टी बनाउनु हाम्रोपनि अरु पार्टीका निम्ति पनि औचित्य छैन’ उनले भने, ‘आधारभुत विचार मिल्नेहरु एकतामा जानुपर्छ । अहिले बैंक मर्ज हुँदै गए । र  सहकारी मर्ज हुँदै जान दबाब दिएको छ । पार्टी ध्रुवीकरण किन नहुने हो ? विचार मिल्नेहरु एकता गरेर जानुको विकल्प नरहेको पौडेलले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप