सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ब्रिटिस प्रोफेशनल कलेजकी रिया बनिन् तेस्रो पटक विश्वकै सर्वोत्कृष्ट

बिहीबार, १२ माघ २०७९, १६ : ५१
बिहीबार, १२ माघ २०७९

काठमाडौँ । द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) मा अध्ययनरत रिया मानन्धर हालै प्रकाशित परीक्षाको नतिजामा विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएकी छन् । कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले 'फाइनालसियल म्यानेजमेन्ट' विषयमा ९८ प्रतिशत अंक ल्याएर वर्ल्ड टप गरेकी हुन् ।

२० वर्षिय मानन्धरले गएको वर्ष मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा ९१ प्रतिशत प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी थिइन् । त्यस्तै सन् २०२१ को मा ट्याक्सेसन पेपरमा ९८ प्रतिशत ल्याउँदै उनले विश्व टप गरेकी थिइन् । यस वर्ष पनि उनले 'फाइनालसियल म्यानेजमेन्ट' विषयमा ९८ प्रतिशत ल्याउँदै वर्ल्ड टप गर्न सफल भएकी हुन् ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसका विश्वका १७९ देशमा ५ लाख ३५ हजार विद्यार्थी र २ लाख ३३ हजार सदस्यहरु रहेका छन् । विश्वभरका हजारौं विद्यार्थीहरुको लागि बनाइएको प्रश्नपत्रहरूमा सबैभन्दा उत्तम नतिजा रियाले प्राप्त गरेकी हुन् ।

'मुख्यतया विश्वस्तरीय सुविधा र कलेजका शिक्षकहरूको प्रतिष्ठाको कारणले गर्दा म एसीसीए पढ्नको लागि बीपीसीमा भर्ना भएँ ।' आफ्नो उपलब्धिबारे रियाले भनिन्, 'विद्यार्थीहरुले बीपीसीको तर्फबाट सबै प्रकारको सहयोग पाउँछन् र मैले पनि परीक्षाको तयारीको लागि शिक्षकहरुबाट राम्रो साथ र सहयोग पाएँ ।'

आफ्नो छात्राले पुनः राम्रो नतिजा ल्याएकोमा कलेजका एसीसीए प्रोग्राम म्यानेजर दिपेन्द्र के. श्रेष्ठले खुसी व्यक्त गरेका छन् । कलेजमा अध्ययनरत रिया तेस्रो पटक सर्वोत्कृष्ट नजिता ल्याउन सफल भएकोमा श्रेष्ठले भने, 'नेपालमा ब्रिटिस कलेजको एसीसीए कार्यक्रमको प्रतिष्ठा उत्कृष्ट छ । हाम्रा विद्यार्थीहरुले नियमित रूपमा राष्ट्रियस्तरका उपलब्धिहरू हाँसिल गरिरहेका छन् । अन्य विद्यार्थीहरूले पनि उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौं ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप