शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इरानी पत्रकार सामीमी रिहा

बिहीबार, १२ माघ २०७९, २१ : ०८
बिहीबार, १२ माघ २०७९

तेहरान । सन् २०२० को डिसेम्बरदेखि जेलमा रहेका इरानी पत्रकार केभान सामीमीलाई बिहीबार रिहा गरिएको छ ।  पारिवारिक स्रोतका अनुसार ७४ वर्षीय समिमीलाई ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

तेहरानबाट करिब २०० किलोमिटर पूर्वमा रहेको सेम्नान जेलमा गत वर्ष स्थानान्तरण गरिएका समीमीलाई आज दिउँसो रिहा गरिएको उनको परिवारले पुष्टि गरेको छ ।  सन् २०२२ को फेब्रुअरीमा उनलाई स्वास्थ्यको कारण देखाउँदै जेल छाड्न अनुमति दिइएको थियो ।

तर राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गरेको आशङ्कामा मे महिनामा उनलाई फेरि पक्राउ गरीएको इरानको मेहर समाचार एजेन्सीले जनाएको छ । गत डिसेम्बरमा समीमीले सेप्टेम्बर १६ मा महसा अमिनीको मृत्युपछि इरानमा भएको विरोध आन्दोलनको समर्थनमा आफ्नो मोबाइलबाट सन्देश पठाएका थिए ।

२२ वर्षीया इरानी कुर्दको तेहरानमा महिलाहरूका लागि इस्लामिक गणतन्त्रको ड्रेस कोडको उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएपछि ‘नैतिकता प्रहरी’को हिरासतमा मृत्यु भएको थियो ।  समीमीले सन् १९७९ को इस्लामी क्रान्तिअघि र पछि पटक पटक जेल जीवन बिताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप