शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्स्पेक्टर भूपेन्द्रले पाए सिल्भर बटन, भन्छन्-‘युट्युब दामभन्दा नामको लागि’

आइतबार, १५ माघ २०७९, १४ : २८
आइतबार, १५ माघ २०७९

काठमाडौँ । प्रहरी निरीक्षक तथा गीतकार भूपेन्द्र बुढाथोकी मानिस अमर नभएपनि उसका गीतसंगीत सधैँ रहिरहने बताउँछन् । आफ्नो भूपेन्द्र बुढाथोकी युट्युब च्यानलको सस्क्राइबर एक लाख पुगेर सिल्भर प्ले बटन प्राप्त गरेका खुसी शेयर गर्दै सामाजिक संजालमा यो विचार राखेका हुन् ।

उनले आफ्नै नामबाट यो युट्युब पैसा कमाउन खोलेको भने होइन । नाम कमाउने, गीत सधैँ रहने उद्देश्यले युट्युब बनाएका हुन् । यसबाट उनले अहिलेसम्म केही पैसा पनि प्राप्त गरेका छैनन् । तर सस्क्राइबर भने एक लाख पुगेको छ । गीत बाहेक अन्य भिडियो समेत उनले युट्युबमा राखेको छैन । पेसा अर्कै भएकोले मानिसबाट नेगेटिभ कुरा आउने डरले आफूले गीत बाहेकको अन्य भिडियो युट्युबमा नराखेको सुनाए । 

एक लाख सस्क्राइबरको खुसीमा उनले लेखेका छन्, ‘यो मेरो प्रोफेसन त होइन, म एउटा राष्ट्र सेवक कर्मचारी प्रहरी इन्स्पेक्टर भएता पनि मैले फुर्सदमा लेख्ने गरेका मेरा केही गीतहरू जसमा मैले राष्ट्रिय अवार्ड समेत पाउन सफल भए । आफ्नै नामको युट्युब च्यानल एकलाख सस्क्राइबर समेत पाउन सफल भए । आफ्नै नामको भूपेन्द्र बुढाथोकी युट्युब च्यानल एकलाख सस्क्राइबर पुगेको हुँदा आज युट्युबको तर्फबाट यो सिल्भर प्ले बटन अवार्ड पाउनसफल भएको छु । कोही पनि मान्छे महर हुँदैन । तर आफूले रचेका गीतसंगीत सधैँ ररिरहने छन् ।’

किन लेख्छन् गीत भूपेन्द्र ?

भूपेन्द्र फुर्सदको समय गीत लेख्ने गर्छन् । गीत लेख्दा उनलाई खुसी मिल्ने गर्छ । आफूले लेखेको गीत रेकर्ड गरेर युट्युबमा ल्याउँछन् । एउटा गीत युट्युबमा ल्याउँदासम्म रेकडिङदेखि विभिन्न खर्च छन् । उनी भने थोरै पैसामा साथीभाइ, चिनजानको सरसहयोगमा गीत ल्याउने गर्दछन् ।

‘हामी नेपाल प्रहरी’ बोलको गीतबाट लेखन सुरु गरेका उनको आफ्नो च्यानलमा आएको पहिलो गीत भने ‘फुल भनौँ जिन्दगीलाई’ हो । त्यसपछि उनका ‘अब खुसी’, ‘डाडापारी मेरो माया’, ‘मुटु टुड्दा’ र ‘धोका माथि धोका’ गरेर ६, ७ वटा गीत सार्वजनिक भएको छ । 

डिआइजी टेकबहादुर तामाङको गीत लेखनबाट प्रभावित भएर लेखन थालेका उनी आफ्नो प्रेरणाका श्रोत पनि तामाङलाई मान्छन् । सानोमा गजल, कविता लेख्ने उनले २०७३ मा असईबाट प्रहरी सेवा सुरु गरेका हुन् । शो क्रममा उनले ‘हामी नेपाल प्रहरी’ बोलको पहिलो गीत लेखेका थिए । अहिले उनी प्रहरी निरीक्षकको रुपमा मुगुमा कार्यरत छन् ।

उनले गीत लेखनबाट केही गीतसंगीतका अवार्ड समेत प्राप्त गरेका छन् । ‘फुल भनौँ जिन्दगीलाई’ गीतबाट पहिलो अवार्ड पाएका उनले गायक प्रमोद खरेलको स्वर रहेको ‘धोका माथि धोका’ भन्ने गीतबाट गीतबाट दोस्रो अवार्ड बुझेका थिए । उनी एक वर्ष, ६ महिनामा नयाँ गीत ल्याउँछन् । युट्युबमा गीत पैसा भन्दा पनि नाम र गीत सधैँका लागि रहने उद्देश्यले ल्याउने गरेको सुनाए । ‘कतिले तपाईँको च्यानलबाट मेरो गीत पनि हाल्नु पर्‍यो भनेर भन्छन्’, बुढाथोकीले भने ‘यो मेरो नामको च्यानल भएकोले आफ्नो मात्र राख्छु भनेर बुझाउँछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप