लुम्बिनीमा शून्य पोलिथिन अभियान सुरु
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकापछि लुम्बिनी सांस्कृतिक नगरपालिकालाई शून्य पोलिथिनयुक्त पालिका बनाउने अभियान थालिएको छ । तिलोत्तमा नगरपालिकामा यो अभियानले पूर्ण सफलता पाउन नसके पनि लुम्बिनी सांस्कृतिक नगरपालिकाले यो प्रयास थालेको छ ।
ग्रीनरी नेपाल गैरसरकारी संस्थासँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले ६ महिनासम्म पोलिथिन शून्य सरसफाइ अभियान सञ्चालन गर्ने आइतबार घोषणा गरेको हो ।
अभियानको उद्घाटन रुपन्देही ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले गरेका छन् । सो अवसरमा बोल्दै सांसद घिमिरेले अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी देश विदेशका पर्यटक आउने महत्त्वपूर्ण थलो भए पनि पोलिथिनजन्य वस्तुको फोहोरले पर्यटकमा नकारात्मक असर गरेको बताए ।
पोलिथिनजन्य फोहोरले मानव स्वास्थ्य,पशु स्वास्थ्य, खेतीयोग्य जमिन,बालीनाली, वातावरण र पर्यावरणमा प्रतिकुल असर पारेको हुँदा शून्य पोलिथिन बनाएर वातावरण संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।
सांसद घिमिरे नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई खुला पोलिथिनमुक्त नगर घोषणा गरेका थिए । तर तिलोत्तमामा यो अभियानले केही समय चर्चा कमाए पनि पूर्ण कार्यान्वयन हुन सकेन । तिलोत्तमामा सरसफाइ अभियान भने केही हदसम्म सफल भएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा नगरपालिकाका १३ वटै वडाका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थालाई सहभागी गराई ६ महिनासम्म सरसफाइ अभियान सञ्चालन गरी नगरलाई पोलिथिन शून्य बनाउने बताइन् । अभियानका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाले १७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हरिजनले बताइन् ।
घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.हृदयरत्न बज्राचार्य, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल लगायतले धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण