एक्सनमा मधेसका मन्त्री कुशवाहा : आवश्यक कर्मचारीको माग

जनकपुरधाम । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इन्जिनियर वसन्त कुशवाहाले मन्त्रालय सम्हालेलगतै काममा तीव्रता दिएका छन् । शुक्रवार पदभार ग्रहण गरेका मन्त्री कुशवाहाले मंगलबारसम्म प्रक्रियागत विभिन्न कामलाई अगाडि बढाएका छन् ।
मन्त्रालय मातहतमा खाली रहेको १ सय २२ वटा दरबन्दीमा कर्मचारी भर्नाका लागि उनले लोकसेवा आयोगलाई लेखेर पठाएका छन् । त्यसैगरी मधेस प्रदेशमा मल खादको आवश्यकताबारे अध्ययन र मौजुदा रहेको मल खादबारे जानकारी लिएका छन् । मल खादको आपूर्ति सहज गर्नका लागि उनले प्रक्रिया थालेको बताएका छन् ।
यसैगरी, मन्त्री कुशवाहाले किसानहरूको सुविधाका लागि किसान कार्ड वितरणको तयारी थालेका छन् । जसका लागि प्रत्येक पालिका स्तरमा स्वयंसेवक परिचालन गर्ने उनले जानकारी दिएका छन् ।
किसान कार्ड वितरण भए किसानहरूलाई अन्य सहुलियतका कामहरू गर्न सहज हुने भन्दै मन्त्री कुशवाहाले प्रक्रिया अगाडि बढाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त