नागढुंगामा इन्स्पेक्टरबाट प्रहरी हवल्दार कुटिए
बुधबार, ३१ वैशाख २०८२, १७ : ४३
काठमाडौँ । काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साहले एकजना प्रहरी हवल्दारलाई कुटेका छन् । बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
त्यसबारे बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘त्यहाँ कार्यरत इन्स्पेक्टर र जुनियर प्रहरीको बिचमा विवाद भएको देखिन्छ ।’
कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् । सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण