बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

बुधबार, ३१ वैशाख २०८२, १८ : २८
बुधबार, ३१ वैशाख २०८२

कञ्चनपुर । कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरुद्व गरिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ बंक चौकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेन्द्र बिष्टको मृत्यु भएको थियो ।
 
मृतकका परिवारका सदस्य र आफन्तहरूले दोषीलाई कारबाही र क्षतिपूर्तिको मागसहित राजमार्ग अवरुद्व गरेका हुन् ।

ठक्कर दिने बोलेरो जिप र जिप चालक बझाङको छबिसपाथिभेरा गाउँपालिका– २ का २१ वर्षीय रवि रोकायालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले दुवै पक्षविच सहमति गराउने र सडक सुचारु गर्ने काम हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप