दुर्घटना
पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना, ३ जनाको मृत्यु
बुधबार, ३१ वैशाख २०८२, १८ : ३९

पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ३२ लामेआहालमा दुर्घटना भएको हो ।
मृतकको सनाखत हुन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । चालक सहित १० जना घाइते भएका छन् । गम्भिर घाइते ४ जनालाई उपचारक लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा ३ जनाको निधन भएको ट्राफिक प्रहरी कार्यालय कास्कीकी इन्सपेक्टर शोभा पाण्डेले जानकारी दिइन् ।
बाँकी घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद
-
युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने