उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
भोजपुर । वैशाख शुक्ल पूर्णिमासँगै किरात समुदायमा उभौली पर्वको रौनक सुरु भएको छ । उभौलीमा किरात समुदायले प्रकृतिको पूजागरी अन्नबाली राम्रो होस्, रोग व्याधी नलागोस् जस्ता कामना गर्ने गर्छन् ।
साथै एक महिनासम्म साकेला सिली नाच्ने गरिन्छ । यहाँका विभिन्न टोलटोलमा साकेला सिली सुरु भएको छ । आगामी जेठ १० गतेसम्म सिली प्रदर्शन गरिने किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले जानकारी दिनुभयो । भाषा, संस्कार र संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने अध्यक्ष राईको भनाइ छ ।
किरात बस्तीहरू केही दिनयता ढोल, झ्याम्टाले गुञ्जायमान बनेका छन् । भोजपुरसँगै खोटाङ, उदयपुर, सुनसरी, ओखलढुङ्गा, धनकुटामालगायतका पहाडी जिल्लाहरुमा पनि उभौली धुमधामले मनाउने गरिन्छ ।
साकेला सिलीमा जातीय पहिचान झल्किने पहिरन लगाउने गरिन्छ । पुरुषहरुले कालो कोट, खाँडीको कपडा, अल्लोको धागोबाट बनेको दौरा–सुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छरलगायत सिन्कौलीको सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाएर नाच्ने गर्छन् ।
त्यसैगरी महिला चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल र कम्मरमा हँसियासहित परम्परागत गरगहनाले सजिएर नाच्ने गर्दछन् ।
हिजोआज किरात समुदाय मात्र नभई अन्य समुदायका युवाहरुलेसमेत साकेलामा सहभागी भई नाच्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण