सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
_uqDbm6zroU.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र परेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले देशको ढुकुटीको प्रमुख संवाहक र रक्षक मानिने राष्ट्र बैंकका गभर्नरको नियुक्ति वार्षिक बजेट र मौद्रिक नीति जारी गर्ने समय नजिकिँदा समेत नहुनु लज्जास्पद र निन्दनीय विषय भएको समेत बताए ।
उनले के देश साँच्चै भ्रष्ट र अयोग्यहरूको शासनमा परिणत भएको हो भन्दै प्रश्न समेत गरे । सचेत र सुशासन पक्षधर नागरिकहरू र जिम्मेवार राजनीतिक शक्तिहरूले समयमै खबरदारी गर्नुपर्नेमा समेत उनले जोड दिए ।
सत्ता साझेदार दलहरु(नेपाली कांग्रेस र नेकपा एमाले) बिच तालमेल नमिल्दा हालसम्म पनि गभर्नर नियुक्ति हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा