शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
कर्णाली प्रदेश

यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

बुधबार, ३१ वैशाख २०८२, १६ : २०
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • कर्णाली प्रदेशका अर्थमन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरे।
  • मन्त्री शाहले आगामी आर्थिक वर्षको बजेट अहिलेसम्मकै नयाँ हुने दाबी गरे।
  • उनले बजेटको आकार चालु आर्थिक वर्षको भन्दा बढेर ३४ अर्ब पुग्ने अनुमान गरेका छन्।
  • बजेटका लागि विभिन्न निकायहरूसँग छलफल भइरहेको मन्त्री शाहले बताए।

सुर्खेत । कर्णाली प्रदेशका अर्थमन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

बुधबार बसेको प्रदेश सभा बैठकमा शाहले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । शाही आगामी वर्षको बजेट अहिलेसम्मकै नयाँ ल्याउने दाबी गर्दै आएका छन् ।

त्यसका लागि विभिन्न नियकाहरुसँग छलफल गरिरहेकाे बताएका छन् भने चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढेर आउने बताएका छन् । 

चालु आर्थिक वर्ष ३१ अर्बको बजेट ल्याइएकोमा आगामी आर्थिक वर्ष ३४ अर्बसम्म आउने आकलन शाहको छ । सोही अनुसार मन्त्रालयहरुलाई बजेटको सिलिङ बढाएर दिइएको उनको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप