कर्णाली प्रदेश
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
बुधबार, ३१ वैशाख २०८२, १६ : २०
सारांश
- कर्णाली प्रदेशका अर्थमन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरे।
- मन्त्री शाहले आगामी आर्थिक वर्षको बजेट अहिलेसम्मकै नयाँ हुने दाबी गरे।
- उनले बजेटको आकार चालु आर्थिक वर्षको भन्दा बढेर ३४ अर्ब पुग्ने अनुमान गरेका छन्।
- बजेटका लागि विभिन्न निकायहरूसँग छलफल भइरहेको मन्त्री शाहले बताए।
सुर्खेत । कर्णाली प्रदेशका अर्थमन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।
बुधबार बसेको प्रदेश सभा बैठकमा शाहले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । शाही आगामी वर्षको बजेट अहिलेसम्मकै नयाँ ल्याउने दाबी गर्दै आएका छन् ।
त्यसका लागि विभिन्न नियकाहरुसँग छलफल गरिरहेकाे बताएका छन् भने चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढेर आउने बताएका छन् ।
चालु आर्थिक वर्ष ३१ अर्बको बजेट ल्याइएकोमा आगामी आर्थिक वर्ष ३४ अर्बसम्म आउने आकलन शाहको छ । सोही अनुसार मन्त्रालयहरुलाई बजेटको सिलिङ बढाएर दिइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण