शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ । सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि सचिव पद रिक्त थियो । सचिव सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा बढुवा गर्न सहसचिव पौडेलको नाम सिफारिस गरेको थियो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकन (८० प्रतिशत) र ज्येष्ठता (२० प्रतिशत) का आधारमा हुने बढुवा प्रक्रियामा चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा एक जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसारसबैभन्दा ज्येष्ठ सहसचिव पौडेलको नाम सचिव बढुवाका लागि सिफारिस गरिएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण