शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि सचिव पद रिक्त थियो । सचिव सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा बढुवा गर्न सहसचिव पौडेलको नाम सिफारिस गरेको थियो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकन (८० प्रतिशत) र ज्येष्ठता (२० प्रतिशत) का आधारमा हुने बढुवा प्रक्रियामा चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा एक जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसारसबैभन्दा ज्येष्ठ सहसचिव पौडेलको नाम सचिव बढुवाका लागि सिफारिस गरिएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
कांग्रेस संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?