भारतीय विदेश मन्त्री जयशंकरको सुरक्षा बढाइयो
नयाँ दिल्ली । भारतीय विदेश मन्त्री एस.जयशंकरको सुरक्षा व्यवस्था बढाइएको खबर आएको छ । पाकिस्तानसँगको तनावका बिचमा जयशंकर अब बुलेट प्रुफ कारमा यात्रा गर्नेछन्। केन्द्रीय गृह मन्त्रालयले जयशंकरको सुरक्षा व्यवस्थामा विशेष बुलेटप्रुफ कार समावेश गरिएको समाचार एजेन्सी एएनआईले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ ।
उनको दिल्लीस्थित निवास वरपर पनि सुरक्षा कडा पारिएको छ । जयशंकरले पहिले नै जेड श्रेणीको सुरक्षा पाउँदै आएका थिए । यो सुरक्षा केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ कमाण्डोहरूद्वारा प्रदान गरिन्छ । उनको सुरक्षाको लागि ३३ जना कमाण्डोको टोली २४ सै घण्टा खटिन्छ ।
गत वर्ष अक्टोबरमा, जयशंकरको सुरक्षा स्तर वाईबाट बढाएर जेड श्रेणीमा स्तरोन्नति गरिएको थियो । सीआरपीएफले दिल्ली प्रहरीबाट जयशंकरको सुरक्षाको जिम्मा लिएको थियो । ६९ वर्षीय जयशंकरलाई हाल सीआरपीएफका कर्मचारीहरूको सशस्त्र टोलीद्वारा २४ सैं घण्टा जेड श्रेणीको सुरक्षा प्रदान गरिन्छ । देशभरि उनको आवतजावत र बसाइको समयमा उनको सुरक्षाका लागि एक दर्जनभन्दा बढी सशस्त्र कमाण्डो तैनाथ हुन्छन् ।
केन्द्रीय सुरक्षा सूची अन्तर्गतको भीआईपी सुरक्षा जेड प्लसबाट सुरु भएर जेड, वाई, वाई प्लस र एक्ससम्म हुन्छ । सीआरपीएफले अहिले केन्द्रीय गृहमन्त्री अमित शाह, नितिन गडकरी, दलाई लामा र कांग्रेस नेताहरू सोनिया गान्धी, राहुल गान्धी र प्रियङ्का गान्धी वाड्रा लगायत २१० भन्दा बढी व्यक्तिहरूलाई भीआईपी सुरक्षा दिइरहेको छ ।
अप्रिल २२ मा पहलगाम आतङ्कवादी हमलामा भारतको निर्णायक सैन्य प्रतिक्रियापछि भारत र पाकिस्तानबिच तनाव बढेको छ । यस्तोमा सरकारले विदेश मन्त्रीको सुरक्षा बढाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण