बसाइसराइ रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालीन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाइसराइको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालीन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिएका हुन् ।
उनले भने, ‘गाउँगाउँमा रहेको उर्वर भूमि बसाइसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।’ कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाइसराइ रोकिने उनको भनाई छ ।
प्रमुख खाँणले मेहनत गरे अनुसारको उत्पादन नहुँदा कृषक पेसाबाटै पलायन हुने अवस्था आएको बताए । गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उनको बुझाई छ । कुन ठाउँमा के खेती गर्न आवश्यक छ भन्ने स्पष्ट खाका बनाउनु नगरपालिकाको योजना रहेको प्रमुख खाँणले बताए ।
वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालीन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगरप्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिए ।
१४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थिति सहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिए । वालिङ कृषि विकास परियोजनाको सम्झौता अनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उनको भनाई छ ।
छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी, डाक्टर अम्मर शाह, नगेन्द्र बस्ताकोटी, अस्मिता नेपाल लगायतले कृषि विकास रणनीतिको आवश्यकता र महत्वका बारेमा जानकारी गराएका थिए ।
कृषि विकास योजना र रणनीति निर्माण पश्चात् पालिकाले कृषि र पशुपालनमा योजना बनाउन र काम गर्न सहज हुने विज्ञ डाक्टर रामचन्द्र बस्ताकोटीको भनाई छ । उनले भने, ‘काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण