क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
सारांश
- बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्णु प्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ।
- यसअघि गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका थिए।
- नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेपछि उनले राजीनामा दिएका थिए।
- समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए।
काठमाडौँ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वमा गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । यसअघिको समितिलाई पुनर्गठन गरिएको हो । पुनर्गठन गरिएको समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
यसअघि गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका थिए । नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेपछि उनले राजीनामा दिएका थिए । उनकाे ठाउँमा पाण्डेलाई समिति सदस्यमा नियुक्त गरिएको हो ।
त्यसअघि पूर्व गभर्नर विजयनाथ भट्टराईले पनि समिति सदस्यबाट राजीनामा दिएका थिए । समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए ।
एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि उनले समितिबाट राजीनामा दिएका हुन् । मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण