बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे

बुधबार, ३१ वैशाख २०८२, २१ : २६
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्णु प्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ।
  • यसअघि गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका थिए।
  • नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेपछि उनले राजीनामा दिएका थिए।
  • समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए।

काठमाडौँ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वमा गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । यसअघिको समितिलाई पुनर्गठन गरिएको हो । पुनर्गठन गरिएको समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

यसअघि गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका थिए । नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेपछि उनले राजीनामा दिएका थिए । उनकाे ठाउँमा पाण्डेलाई समिति सदस्यमा नियुक्त गरिएको हो । 

त्यसअघि पूर्व गभर्नर विजयनाथ भट्टराईले पनि समिति सदस्यबाट राजीनामा दिएका थिए । समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए ।

एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि उनले समितिबाट राजीनामा दिएका हुन् । मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप