प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविले उचाल्यो

भक्तपुर । चाँगुनारायण नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले उचालेको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रतियोगतामा नौ स्वर्ण, सात रजत र तीन कास्य गरी कुल १९ पदक प्राप्त गर्दै प्रथम हुन सफल श्रीकृष्ण माविले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो ।
प्रतियोगितामा सात स्वर्ण, चार रजत र छ कास्य पदकसहित कुल १७ वटा पदक प्राप्त गर्दै पारिजात विद्याकुञ्ज दोस्रो र सात स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित १६ पदक प्राप्त गर्दै चाँगुनारायण माध्यमिक विद्यालय तृतीय भएको थियो ।
प्रतियोगितामा महेन्द्रगाम माविले चार स्वर्ण, चार रजत र तीन कास्य पदकसहित चौथो र प्रज्ञा इङ्लिस स्कुलले पाँचौँ भएको थियो । तेक्वान्दो, उसु, एथलेटिक्स, कराते, भलिबल र कबड्डी खेल समावेश भएको प्रतियोगितामा नगरपालिकाभित्रबाट ३१ विद्यालयका दुई सय ८९ छात्र र एक सय ८९ छात्राको सहभागिता रहेकामा २२ वटा विद्यालयले पदक हात पारेका थिए ।
नगरपालिकाले बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले विद्यार्थीलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरे । उनले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विद्यालयलाई खेलकुदमैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताए ।
खेलकुदले युवा विद्यार्थीलाई अनुशासित, जिम्मेवार र राष्ट्रवादी बनाउने बताउँदै उनले आगामी दिनमा खेलकुद प्रतियोगितालाई थप विस्तार गर्दै लैजाने र विभिन्न खेललाई नगरस्तरीय, अन्तरपालिकास्तरीय र राष्ट्रियस्तरका प्रतियोगिता गर्दै जाने योजना रहेको बताए ।
नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरूमा विद्यालयले प्राप्त गरेको पदकका आधारमा प्रथम, दोस्रो र तेस्रो छनोट गरिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख वीरबहादुर खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन भयो त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकमाथि आक्रमण ?
-
लागुऔषधहित ७ जना पक्राउ
-
जसपाका मन्त्री छान्ने अधिकार उपेन्द्र यादवलाई दिने निर्णय
-
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त, कहाँ को ?
-
सिन्धुलीमा करेन्ट लागेर बालकको मृत्यु
-
आईपीएलको उद्घाटन समारोहमा तमन्ना र अरिजीतको प्रस्तुति