शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
सारांश
- ईयू अध्यक्ष उर्सुला भन डर लायनले रुससँग शान्तिका लागि कूटनीतिक र आर्थिक दबाब जारी राख्ने बताइन्।
- ईयूले रुसविरुद्ध १८औँ प्रतिबन्ध प्याकेजको तयारी सुरु गरेको छ, जसमा २०० तेल ट्याङ्करहरू समावेश छन्।
तिराना । युरोपेली सङ्घ (ईयू) का अध्यक्ष उर्सुला भन डर लायनले शुक्रबार आफना धारणा व्यक्त गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिका लागि तयार हुनुहुन्जेलसम्म आवश्यक कूटनीतिक र आर्थिक दबाब जारी राखिने बताएकी छन् । उनले मस्को विरुद्ध १८ औँ प्रतिबन्ध प्याकेजको तयारी सुरु भइसकेको जानकारी दिइन् ।
‘हामी सबै शान्ति चाहन्छौँ र शान्तिको मार्गतर्फ अघि बढ्न हामीले आवश्यक पहल गर्नुपर्छ । जबसम्म राष्ट्रपति पुटिन शान्तिका लागि तयार हुनुहुन्न, तबसम्म दबाब कायम राख्न जरुरी छ,’ अध्यक्ष भन डर लायनले तिरानामा आयोजित युरोपेली नेताहरूको भेला कार्यक्रममा पत्रकारहरूसँग भनिन् ।
युरोपेली सङ्घले यस साता १७ औँ प्रतिबन्ध प्याकेज पारित गरिसकेको छ, जसअन्तर्गत रुसद्वारा प्रयोग गरिँदै आएका करिब २०० तेल ट्याङ्करहरूलाई प्रतिबन्धको सूचीमा राखिएको छ ।
अध्यक्ष भन डर लायनका अनुसार नयाँ प्रतिबन्धले विशेष गरी बाल्टिक समुद्रस्थित नर्ड स्ट्रिम १ र २ ग्यास पाइप लाइनहरूलाई लक्षित गर्नेछ, जसको उद्देश्य ती परियोजनाहरू पुनः सञ्चालनमा ल्याउने सम्भावनालाई रोक्नु हो ।
प्रवक्ता पाउला पिन्होले भनिन्- ‘नर्ड स्ट्रिम १ मर्मत गर्न सकिने सम्भावना छ र नर्ड स्ट्रिम २ सैद्धान्तिक रूपमा अनुमति पाउन सक्छ । त्यसैले भविष्यमा लगानीकर्ताहरूले कुनै चासो नदेखाओस् भन्ने उद्देश्यले अग्रिम रूपमा कदम चालिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण