काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
काठमाडौँ । काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा आज हावाहुरीसहितको वर्षा भएको छ । हावाहुरीका कारण जनजीवन केही प्रभावित समेत भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले नवलपरासी कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला प्रभावित भएको बताए ।
उनका अनुसार हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति भएको छ । अहिले साँझसम्म प्राप्त विवरणमा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको जानकारी प्राप्त भएको पनि उनले बताए ।
उनले नवलपरासी पश्चिममा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले बारामा एक, कैलालीमा दुई, कञ्चनपुरमा एक र नवलपरासीमा तीन जना घाइते भएका पनि जानकारी दिए । चितवनमा हावाहुरीले क्षति गराएको छ ।
शनिबार पनि वर्षा तथा हावाहुरी ल्याउने प्रणाली कायम रहेको र उक्त प्रणाली पूर्वतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिइन् । अहिले भने कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली भएको र ती प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ ।
प्राप्त विवरणअनुसार पछिल्लो १२ घण्टामा पर्वतमा ४३.८, धादिङ ३७, म्याग्दी ३०.२ गोरखामा ३१.६, काभ्रे २९, स्याङ्जामा ३० र काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा १५.६ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा शनिबार अपरान्हतिर आजको जस्तै बदली हुने सम्भावना रहेको पनि मौसमविद् महर्जनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्बल अफ्रिकाः १० मध्ये नौ टोली विश्वकपको अन्तिम ३२मा
-
प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ : केपी ओली
-
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
-
कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
-
प्रचण्ड भन्छन्– क्रमभङ्ग निरन्तर गरिराख्नुपर्ने हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण