शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कमेडी र फिल्मपछि भिडियोमा कपिल शर्मा

शुक्रबार, २० माघ २०७९, १२ : ३९
शुक्रबार, २० माघ २०७९

मुम्बई । भूषण कुमार नयाँ कलाकारलाई अवसर दिने निर्माताका रूपमा चिनिन्छन् । यस पटक उनले कमेडियन तथा फिल्म अभिनेता कपिल शर्मालाई यो अवसर दिँदैछन् ।

आफ्नो टी–सिरिजले निर्माण गर्न लागेको भिडियो ‘अलोन’मार्फत कपिलले म्युजिक भिडियोमा पाइला चाल्दैछन् । शोबिजको सबैभन्दा लोकप्रिय हस्ती गुरु रन्धावा र कपिलले आगामी फेब्रुअरी ९ मा रिलिज हुने सिङ्गल ‘अलोन’का लागि सहकार्य गरेका हुन् ।

यो गीतलाई टी–सिरिजले प्रस्तुत गर्दै छ । यो गीतका लेखक गुरु नै हुन् भने भिडियोमा फिप्टको निर्देशन छ । गीत मनालीको सुन्दर लोकेसनमा छायाङ्कन गरिएको छ । गीतमा कपिल र गुरुका अलावा योगिता बिहानीको पनि अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप