राजधानीमा ४० औं आइजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु
शुक्रबार, २० माघ २०७९, १६ : ११

काठमाडौँ । राजधानीमा ४० औं आइजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले उद्घाटन गरे ।
उनले नेपाल प्रहरी इन्टरपोल को १००औं सदस्य भएको र इन्टरपोल को १००औं वार्षिक उत्सवको अवसरमा प्राप्त भएको फुटबल रेफ्रीलाई हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा टेवा पुर्याउने चर्चा गर्दै मानव जीवनमा खेलकुद अतिनै महत्वपूर्ण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित
-
महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?
-
उपेन्द्रलाई टक्कर दिन राजेन्द्र महतोले बारा-२ मा उम्मेदवारी दिने
-
मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
-
नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने स्वर्णिम वाग्लेको घोषणा
-
बुद्ध थिएटर फेस्टिबलमा ‘प्रतिविम्ब’ र ‘पट्टाचारा’ मञ्चन