‘कामिनो’ मा बन्लिन् त प्रदीपको जोडी वर्षा ?
काठमाडौंँ । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म हो ‘कामिनो’ । ‘कृष्ण लीला’ निर्देशक दीपक वलीले केही अगाडि फिल्म घोषणा गरेका हुन् । फिल्मका लागि अभिनेत्री भने अहिले फाइनल भएको छैन । अभिनेत्रीका लागि वर्षा शिवाकोटीसँग निर्माण युनिटले कुराकानी गरिरहेको छ । निर्माण युनिटले फेसबुकमा निर्देशक वली, कार्यकारी निर्माता सुनिल विष्ट गौली र सञ्चार संयोजक लक्ष्मण सुवेदीसँगै बर्षा रहेको एक तस्बिर शेयर गर्दै ‘भेटघाट’ भनेर क्याप्सन समेत लेखेको छ । तस्बिरले पनि फिल्म ‘कामिनो’ अभिनयका लागि बर्षासँग कुराकानी भइरहेको अनुमान गर्न सकिन्छ ।
श्रोतलाई पत्याउने हो भने निर्माण टिम र वर्षाबीच केही दिनदेखि फिल्मका लागि निरन्तर संवाद भैरहेको छ । वर्षाले लेखक महेश दवाडीबाट स्क्रिप्ट समेत सुनिसकेकी छन् । उनी टिम, कथावस्तु र चरित्रलाई लिएर सकारात्मक छिन् । केही दिनमा कागजी सम्झौता हुने सम्भावना बलियो छ । फिल्ममा दुई अभिनेत्रीमध्ये एउटा रोलको अफर वर्षालाई गरिएको स्रोतको भनाई छ । तर सम्झौता नभएसम्म फिल्ममा उनी प्रदीपको जोडीको रुपमा जोडिन्छन् वा जोडिनन् । त्यसै भन्न सकिन्न् ।
फिल्म जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि बन्न लागेको हो । एक्सेस नेपाल फिल्मस्को निर्माण रहने फिल्मको नेपालका साथै ल्याटिन अमेरिकाको विभिन्न स्थानमा छायांकन हुनेछ । फिल्म प्रेम, रोमान्स र सस्पेन्सयुक्त रहने निर्देशक वलीले बताए । सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, रहने ‘कामिनो’ को दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनमा छन् । आगामी चैत्र तेश्रो साताबाट छायांकन सुरु हुने फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुनेछ । स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण