यूएईमा नेपालीले जिते ८२ करोडको चिट्ठा
काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए ।
उनले भने, “चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइभ हेर्दै थिएँ । ग्राहक आएपछि काममा लागेँ । काम सकिएपछि फेरि भिडियो हेर्दा थाहा भयो, २३ मिलियन दिरामको पुरस्कार मैले जितेछु।”
मध्यमवर्गीय परिवारका पालले यो पुरस्कार जित्दा खुसी भएको बताउँदै अहिले गर्दै आएको कामलाई निरन्तरता दिने प्रस्ट्याए । उनले भने, “म कतार आएको सात वर्ष भयो। पहिले हिमाल रेमिटको प्रतिनिधिको जिम्मेवारीमा थिएँ। केही समययता म इस्टर्न मनी एक्सचेन्ज सनैयामा कार्यरत छु। काम छोड्ने कुनै योजना छैन।” यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण