शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सबैभन्दा बढी बिचलित छ : रमेश लेखक

सोमबार, २३ माघ २०७९, १७ : १२
सोमबार, २३ माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले आफूहरूले सत्ता समीकरण बदल्न र बनाउन दुवै नखोजेको जिकिर गरेका छन् । उनले पार्टीका शीर्ष नेताहरू बीचको भेटघाटलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

‘नेताहरुबीच भेटघाट भइरहन्छ हुनुपर्छ । राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचनको चर्चा गर्नुभएको छ, त्यो विषयमा कुराकानी भएको होइन । आज समसामयिक विषयमा छलफल भएको हो’ लेखकले भने, ‘प्रधानमन्त्रीज्यूले  राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति खोज्नुपर्छ भन्नुभएको छ । राष्ट्रिय सहमति कांग्रेस समेतको हुनसक्छ ।’ देशका शीर्ष नेताहरू भेट भएपछि मुलुकको हितका विषयमा छलफल हुने लेखकले जिकिर गरे । अबको समसामयिक राजनीतिक विषयमा कसरी राम्रो गर्ने भन्ने विषयमा छलफल भएको बताए ।  

‘अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुँदैछ । त्यसमा हाम्रो गम्भीर ध्यान गएको छ । त्यसलाई विशेष ढंगले महत्त्वका साथ हेरेका छौँ’ लेखकले भने, ‘यो सरकार जसरी गठन भएको छ । त्यसको सैद्धान्तिक धरातल यति कमजोर र विरोधाभाषापूर्ण छ । यो धरातलमा हुने यस्तै हो ।’ अहिलेको सत्ता समीकरणबाट एमाले सबैभन्दा बढी विचलित भएको लेखकले टिप्पणी गरे ।

‘अहिले एमाले सबैभन्दा बढी विचलित भएको छ । उहाँहरू यति धेरै अधैर्य यति चाढो विचलित भएको देखिएको छ केसका लागि देखिएको छ थाहा छैन । एमाले किन यति धेरै अधैर्य र विचलित भएको छ मैले बुझ्न सकेको छैन’ लेखकले भने । प्रधानमन्त्री एउटा हुने देश अर्काले चलाउने स्थिति बन्न थालेको भन्दै लेखकले चिन्ता व्यक्त गरे । अहिले सरकारमा सहभागी भएका दलका नेताहरू अतालिएका छन् । यो उहाँहरूको चिन्ता र अधैर्यता देखिएको छ । त्यसले केही ठुलै घटना हुने देखिएको छ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप