बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीको बैठकमा छलफल नभएको विषयमा बोल्नबाध्य बनाउनु न्यायसंगत होइन : नेता कार्की

सोमबार, २३ माघ २०७९, २० : ३६
सोमबार, २३ माघ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले पार्टीको बैठकमा छलफल नभएको विषय व्यक्तिको मात्रै धारणा रहेको बताएका छन् । 

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको बैठकमा छलफल नभएको विषयमा बोल्न बाध्य बनाउनु न्यायसंगत नभएको बताएका हुन् । 

उनले कुनै प्रशंगलाई बेवास्ता गर्दैमा नाजवाफ भएको भन्न नमिल्ने बताए । हिंसा रवि लामिछानेप्रति गर्न नमिल्ने भन्दै उनले रवि लामिछानेले पनि अरुप्रति गर्न नमिल्ने बताए । 

'संविधानले र संविधान मान्ने राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्तिगत स्वतन्त्रता र प्रेस स्वतन्त्रता दुवैको वकालत गर्छ । दुवैको अधिकार छ भन्छ । स्वतन्त्रताले अर्काको अधिकार क्षेत्र अतिक्रमण गरेमा कानुनी बाटो समाऊ भन्छ । कति आफ्नो अधिकार र कर्तव्य क्षेत्रमा पर्छ ? तपाईँहरू जान्ने हुनुहुन्छ, जान्नुहोस्,' आइतबार पत्रकार सम्मेलनमा पार्टी सभापति लामिछानेले बोलेको शब्दबारे प्रष्ट पार्दै उनले भने,'अनि, ठुलो संख्याले रवि लामिछानेले बोलेका कुराहरू सही छन् भनिरहेका छन् । सञ्चारगतप्रतिको यो अविश्वास कसरी हुन गयो भन्ने पनि खोजी गर्नुहोला । अर्को ठुलो संख्याले पार्टी सभापति रहेर त्यत्रो पार्टी हाँकिरहेको मानिसले शब्द चयन गर्न नजानेको हो भनिरहेका छन् । त्यो सुझावलाई पनि मनन् गर्न पर्छ ।'

उनले गलत सच्याएर सहीहरूले हातेमालो गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप