बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेशका सबै नागरिकहरुमा स्वास्थ्य सेवा पुगको छैन : मन्त्री श्रेष्ठ

बुधबार, २५ माघ २०७९, १६ : ४५
बुधबार, २५ माघ २०७९

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेशका सबै नागरिकहरुसम्म स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । बुधबार स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाद्वारा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेशका गरिब र विपन्न वर्गका नागरिकहरु अझै स्वास्थ्य सेवाबाट बञ्चित रहेको बताए । उनले गरिब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायका नागरिहरुको स्वास्थ्यमा पहुँचमा पुर्याउनका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताए । नागरिकको उचित स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारप्रति सरकार गम्भीर रहेको र सरकारलाई उक्त दायित्वबोध भएकाले त्यसका लागि नीतिगत रुपमा अघि बढ्ने तयारी भ्एको बताए ।

उनले प्रदेशका सबै नागरिकलाई स्तरिय स्वस्थ्यको पहुँचका लागि स्वस्थ्य बीमालाई प्रभावकारी बनाउने तयारी गरेको बताए । स्वास्थ्य बीमामार्फत प्रदेशका सबै नागरिकहरुलाई स्वस्थ्यको पहुँचमा पुर्याउने उनले दावी गरे । उनले नागरिकहरुको स्वास्थ्य सेवाको स्थिति र स्तरियतालाईमध्ये नजर गर्दै प्रदेश स्वास्थ्य नीति निर्माण गरि अघि बढ्ने बताए । सो कार्यका लागि मन्त्रालयले अध्ययन तथा अनुसन्धान समिति बनाएर अघि बढेको उनको भनाई छ ।

उनकाअनुसार मन्त्रालयका सचिवको नेतृत्वमा उक्त समिति रहेको र त्यसले काम सुरु गरिसकेको छ । उक्त समितिको सूझाव अनुसार प्रदेश स्वास्थ्य नीतिको मस्यौंदा तयार गरि त्यस उपर विज्ञहरुसँगको छलफलबाट ऐन निर्माणका प्रक्रिया अघि बढाइने उनले बताए । उनले स्वास्थ्य सेवाको स्तरियता मापन, विज्ञ जनशक्तिको व्यवस्थापन नागरिकको स्वास्थ्य उपचारको स्थिति मापनका लागि प्रदेश सरकारले स्वास्थ्य अनुसन्धान परिषद गठनको प्रक्रिया सुरु गरिएको बताए । उक्त परिषद गठनपछि प्रदेशका अस्पतालहरुको सेवा स्तरमा सुधार आउने उनको भनाई छ ।

उनले सरकारले निःशुल्क प्रदान गर्दै आएको औषधी अभाव हुन नदिन सरकार गम्भीर रहेको र सबै कर्मचारीहरुको सहकार्य आवश्यक रहेको बताए । योजना तथा नीति कार्यान्वयनमा सहयोग गर्न र समस्याको समाधानका लागि सरकार तयार रहेकाले भयरहित वातावरणमा काम गर्न उनले कर्मचारीहरुलाई निर्देशनसमेत दिए । उक्त कार्यक्रममा केन्द्रले प्रदेशका ७ वटा अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स वितरण गरेको छ । तत्कालीन स्वास्थ्य मन्त्री निमा लामाको कार्याकालमा प्रदेशका ७ वटा अस्पतालका लागि कुल ३ करोड ७० लाख रुपैयाँ लागतमा खरिद गरेको एम्बुलेन्स वितरण गरेको हो ।

केन्द्रले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, टोखा चण्डेश्वरी अस्पताल काठमाडौं, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताल चितवनलाई ‘ख’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको हो । प्रति एम्बुलेन्स ५२ लाख ९० हजार रुपैयाँ लागतमा खरिद गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । यसअघि पनि केन्द्रमार्फत गतवर्ष पनि ५ वटा एम्बुलेन्स खरिद गरी प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप