गृहमन्त्रीको प्रश्न–आजको दिनमा जन्मको आधारमा शासन गर्न पाइन्छ ?

विराटनगर । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मुलुकको पहिलो आवश्यकता शान्ति सुरक्षा भएको भन्दै त्यसमा कुनै सम्झौता नहुने बताएका छन् ।
विराटनगरमा बुधबारदेखि सुरु भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा लेखकले यस्तो बताएका हुन् । उनले देशको आन्तरिक सुरक्षा मजबुत भए मात्रै विकास र समृद्धि अघि बढ्न सक्ने बताए ।
संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत प्राप्त गर्ने पहिलो कुरा शान्ति रहेको त्यसपछि मात्रै सुशासन, विकास र समृद्धि रहेको उल्लेख गरेको उनले बताए ।
अहिले सुरक्षा चुनौतीको रूपमा लागूऔषध प्रयोग, सवारी दुर्घटना, आत्महत्या बढ्दो, साइबर अपराध मुख्य रहेको उनले बताए । उल्लेखित चुनौतीहरू एक अर्कामा सम्बन्धित रहेको भन्दै उनले यसको विरुद्ध निर्मम भएर अगाडि बढ्नुपर्ने बताए । उनले अहिले दैनिक १७ जनाले आत्महत्या गरिरहेको तथ्याङ्क प्रस्तुत गरे ।
यस्तै सेवा प्रवाहमा चुस्त दुरुस्त बनाउनु पर्ने बताउँदै उनले नागरिकले ठुलो आशा नगरेको बताए । सेवा प्रवाहमा नागरिकलाई निराश बनेर फर्कने अवस्था आउन दिन नहुने उनले बताए । 'जनता निराश हुँदै छ भने तपाईंको कारणले हुँदैछ', उनले भने, 'नागरिकको सेवा प्रवाहमा ध्यान दिनुस ।'
शान्ति कायम गर्ने भनेको यो व्यवस्थाको रक्षा पनि भएको उनले बताए । व्यवस्था विरोधी गतिविधि र संविधान विरोधी गतिविधि कुनै पनि मानेमा मान्य नहुने उनले बताए । 'लोकतन्त्र, गणतन्त्र फालेर के ल्याउने ? आजको दिनमा जन्मको आधारमा शासन गर्न पाइन्छ ?' उनले प्रश्न गर्दै भने, 'जनताको मतको आधारमा वा दक्षताको आधारमा मात्रै शासन गर्न पाइन्छ ।' आजको युगमा जन्मको आधारमा शासन गर्ने, म फलानोको घरमा जन्मेको आधारमा पाउनु पर्छ भन्ने हुन नसक्ने उनले बताए ।
उनले विपद्का घटना कुन बेला के हुन्छ भन्न नसकिने अवस्था नरहेको भन्दै त्यसमा सजकता र मानसिकता बनाएर तयारीका साथ बस्नुपर्ने बताए ।
सीमा क्षेत्रमा तस्करी अत्यन्तै बढेको सुनेको भन्दै उनले तस्करी तुरुन्तै रोक्नु पर्ने बताए । तस्करीको कारण अपराध बढेको, केही मानिस रातारात धनी हुने, राजस्वमा कमी हुने उनले बताए ।
गृहमन्त्री लेखकले तस्करी नियन्त्रणको काम ३० दिनभित्रै अनुभूति हुने गरी रोक्न निर्देशन दिँदै उनले त्यसो नभए गृह मन्त्रालयले अर्को एक्सनमा जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि