मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
बुधबार, ३१ वैशाख २०८२, १० : ५९
सारांश
- मोरङको रतुवामाईमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ।
- विवाह घरमा नाचगान भइरहेको बेला हाइटेन्सन लाइनमा बाँसको पोल खस्दा करेन्ट लागेको हो।
- घटनामा एक महिला घाइते भएकी छन्, प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ। वैशाख ३० गते राति रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको हो । स्थानीय ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।
विवाह घरमा माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो ।
बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन जनालाई करेन्ट लागेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण