बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु

बुधबार, ३१ वैशाख २०८२, १० : ५९
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • मोरङको रतुवामाईमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ।
  • विवाह घरमा नाचगान भइरहेको बेला हाइटेन्सन लाइनमा बाँसको पोल खस्दा करेन्ट लागेको हो।
  • घटनामा एक महिला घाइते भएकी छन्, प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ। वैशाख ३० गते राति रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको हो । स्थानीय ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।

विवाह घरमा माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो । 

बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन जनालाई करेन्ट लागेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप